Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अल स्टार्समाथि पिएसजी विजयी, रोनाल्डोको दुई गोल

काठमाडौं । मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले साउदी क्लब रियाद अल स्टार–११ लाई पराजित गरेको छ ।

बिहीबार राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो । पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो ।

उसका लिओनल मेस्सी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एकरएक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न चुके ।

रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक/एक गोल गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077