Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले पार्टीबाट अलग भएको सभामुख घिमिरेको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएपछि देवराज घिमिरेले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

घिमिरे एमाले स्थायी कमिटी सदस्य हुन्। सभामुख घिमिरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नका लागि नेकपा एमालेका पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, संगठानिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु।’

प्रतिनिधिसभामा हिजो निर्वाचित भएका घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077