Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • फुटबल फाइनलअघि भागदौड मच्चिँदा चार जनाको मृत्यु

    फुटबल फाइनलअघि भागदौड मच्चिँदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 462
    SHARES

    एजेन्सी । अरेबियन गल्फ कपको फाइनलअघि दक्षिणी इराकको बसरास्थित एक रंगशालामा भएको भागदौडमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

    बिहीबार राति भएको भागदौडका क्रममा थप दर्जनौं घाइते भएका इराकी फुटबल अधिकारीहरूले बताएको अलजजिराले जनाएको छ । घाइतेमध्ये ८० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।



    आठ राष्ट्रसम्मिलित प्रतियोगिताको फाइनलमा इराकले ओमानलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो । तर फाइनल हेर्न टिकट नकाटेका हजारौ दर्शक बसरा इन्टरनेसनल स्टेडियममा पुगेका थिए ।



    टिकट नभएका दर्शकहरू मैदानमा प्रवेश गर्न खोजेपछि भागदौड मच्चिएको थियो । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरुमा हजारौ दर्शकहरू स्टेडियम बाहिर रहेको देखाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार