Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा (बहुमत) ले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेता बास्तोलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसमक्ष बुझाइएकाे ध्यानाकर्षण पत्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077