Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति कार्यालयमा सचिवहरुभन्दा पछाडि राखेपछि सांसद केसी आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसका नेता अजुननरसिंह केसीले सभामुखको शपथ कार्यक्रममा सांसदलाई सचिवभन्दा पछाडि राखेकोप्रति असन्तुष्टि जनाएका छन् ।

राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखाएको उनको भनाइ छ ।

शीतल निवासले राजपत्रको १० औँ स्थानमा रहेका सांसदहरुलाई १३ औँ स्थानमा रहेका सचिवहरुभन्दा पछाडि राखेकोमा केसीले आपत्ति जनाएका हुन्।

‘सभामुख संसदको साझा संस्थाहो। सम्मानका लागि राष्ट्रपति भवनको शपथ ग्रहणमा उपस्थित भएँ। राजपत्रको दशौँ स्थानमा रहेका सांसदलाई तेह्रौँ स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो,’ उनले लेखेका छन्, ‘के शीतल निवासलाई मर्यादासम्बन्धी न्यूनतम काइदा कानुन थाह नभएकै हो?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077