Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्विप जारी गरेको छ।

कांग्रेस संसदीय दलले यादवलाई मतदान गर्न ह्विप जारी गरेको हो।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न भनेको छ।

मतदानमा अनिवार्य उपस्थित हुन र तटस्थ नरहन सांसदलाई कांग्रेसले ह्विप जारी गरेको हो।

उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077