Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुस्मिता हत्या प्रकरण : ससुरा, नन्दसहित चार जनालाई जन्मकैद

मकवानपुर । जिल्ला अदालत मकवानपुरले २०७७ सालमा हत्या गरिएकी सुस्मिता केसीको हत्या अभियोगमा पक्राउ परेका परिवारका सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको हो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका माइतीघर भएकी २२ वर्षीया सुस्मिताको हेटौंडा उपमहानगरपालिका–४ स्थित घरमा २०७७ असार १ गते राति करीब १० बजेको समयमा बीभत्स हत्या भएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् । भान्सामा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077