Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीहरुको नयाँ तलब [सूचीसहित]

काठमाडौं । सरकारले न्यायाधीशहरु र संवैधानिक पदाधिकारीहरुको पारिश्रमिक तोकेको छ । बढेको तलबमान साउन १ गते देखि लागू हुने गरि सरकारले माघ ५ गतेको राजपत्रमा सूचना प्रकाशन गरेको हो ।

सरकारले निर्धारण गरेको पारिश्रमिक अनुसार प्रधानन्यायाधीशको तलब १ लाख २ हजार २९३ रहेको छ । त्यस्तै, सर्वोच्चका न्यायाधीशको ८५ हजार ०४३, उच्च अदालतका मुख्य न्यायाधीशको ८० हजार ७०७, उच्च अदालतका न्यायाधीशको ७६ हजार ३८३ र जिल्ला न्यायाधीशको ६४ हजार ८९५ तलबमान रहेको छ।

यस्तै, महान्यायाधिवक्ताको ८५ हजार ०४३, न्याया परिषद्का सदस्यको पनि ८५ हजार ०४३, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ७९ हजार ३८५ र सदस्यहरुको ७७ हजार ६६० रहेको छ ।

यस्तै संवैधानिक निकायका प्रमुखको तलब ८० हजार ७०७ रुपैयाँ तोकिएको छ भने सदस्यहरुले ७७ हजार ६६० रुपैयाँ पाउनेछन् । राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुको हकमा पनि यही नियम लागू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077