Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ

कैलाली । कैलालीमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एकजना पक्राउ परेका छन् ।

२०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् ।

कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालिन समयमा प्रेमले नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

कर्तव्य ज्यान मुद्दाका विकलाई कैलाली प्रहरीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077