Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रणनीति बनाउँदै शेखर कोइराला समूह, बत्तिसपुतलीमा बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा जारी छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन भेला भएको हो । बत्तिसपुतलीमा बिहान ८ बजेदेखि भेला जारी छ ।

बैठकमा यही माघ १५ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका बारेमा छलफल गरिनेछ । यस्तै, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने डा. कोइरालाको सचिवालयले जनाएको छ ।

भेलामा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित पदाधिकारी, शीर्ष नेता, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा प्रदेश सभापतिहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077