Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुर्खेत हाइस दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौं । सुर्खेतमा हाइस दुर्घटना भएर मृत्यु हुनेप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दु:ख व्यक्त गरेका छन्।

आज बिहान सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित दुर्घटनामा  ४ जनाको निधन भएको थियो।

उनले सामाजिक सञ्जालमा दुख व्यक्त गर्दै लेखे, 'मृतकहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'

उक्त खबरले आफूलाई खबरले स्तब्ध तुल्याएको उनले बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोलास्थित रत्न राजमार्गमा बा.प्र-०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान साढे दुई बजे दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077