Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • सुर्खेत हाइस दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

    सुर्खेत हाइस दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । सुर्खेतमा हाइस दुर्घटना भएर मृत्यु हुनेप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन्।

    आज बिहान सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित दुर्घटनामा  ४ जनाको निधन भएको थियो।



    उनले सामाजिक सञ्जालमा दुख व्यक्त गर्दै लेखे, ‘मृतकहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

    उक्त खबरले आफूलाई खबरले स्तब्ध तुल्याएको उनले बताएका छन्।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोलास्थित रत्न राजमार्गमा बा.प्र-०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान साढे दुई बजे दुर्घटना भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार