Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस संस्थापन इतर बैठक : टीमको नेता शेखर कि गगन भन्ने प्रष्ट होस्

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले टीमको नेताबारे प्रष्ट पार्न माग गरेका छन्।

संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बत्तिसपुलतीमा जारी बैठकमा नेताहरूले टीमको नेता शेखर कोइराला कि महामन्त्री गगन थापा भन्ने प्रष्ट पार्न माग गरे ।

नेताहरूमाथि प्रश्न उठाउँदै एक नेताले भने, ‘संसदीय दलमा हाम्रो पक्षको मत किन एकीकृत हुन सकेन, किन कम आयो ? टीम भनेर लागेपछि टीममा भोट आउन पर्‍यो नि। कि टीम भनेर हिँड्न भएन, टीमको नेताको हो भन्ने स्पष्ट हुनपर्छ।’

उनले संसदीय दलको निर्वाचनमा उम्मेदवार शेखर कि गगन भन्नेमा टुंग्याउन ढिलाइ भएको उल्लेख गर्दै आफ्नो टीमको सबै मत नआएकोप्रति समीक्षा गर्न माग गरे। उक्त चुनावमा उम्मेदवार भएका पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले आफ्नो समूहका सांसदभन्दा कम मत पाएका थिए ।

६ पुसमा भएको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाएका थिए । जबकि कोइराला समूहको मत ३१ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077