काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
गत शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ घटेर एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी आज एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।