Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस नेता भण्डारीले भने - फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने !

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठाइएको छ । आइतबार काठमाडौंमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनबारे प्रश्न उठेको हो।

नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताए। उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताए।

उनले भने, ‘कांग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरू छैनन् भन्ने कुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ ।  फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि के पाउँछु भनेर हिँड्ने, त्यही हो कांग्रेसको इतिहास ?

त्यसका लागि कांग्रेस लडेको हो ? यी तमाम प्रश्नहरूबारे जवाफ दिन बैठक बसेका हौँ । कसैलाई आघात, अपमान, असहज बनाउन बैठक बसेको होइन ।’

कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने हो भन्नेबारे स्पष्ट हुनुपर्ने आवश्यकता रहेको बताए। सांसद भण्डारीले बैठकमा कांग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरूलाई अपमान गर्न, असहज बनाउन बैठक नबसेको स्पष्ट पारे।

भण्डारीले सरकारलाई विश्वासको मत दिएपछि अब स्पष्ट रुपमा पार्टीले कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा अधिकांशको जोड रहेको बताए । यसअघि गठबन्धन गरेर नै निर्वाचनमा गएको कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बन्ने बेला गठबन्धन टुट्नु कमजोरी भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077