Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी

    सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    सुर्खेत । आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।

    कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ)दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही छन्।



    नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

    गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार