Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वराष्ट्रपति यादव भन्छन् - राम्रो संविधान बने पनि देशले राजनीतिक स्थिरता पाउन सकेन

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकका राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले यस्तो बताएका हुन् । मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताए ।

अझै पनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा राख्दै उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए ।

उनले समाजलाई राम्रो योगदान दिनहरुलाई सदैव सम्झनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077