Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपाका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने जबराको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले आफ्नो पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं १ द्वारा आइतबार आयोजित बागमती प्रदेशका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यले पार्टी प्रदेश र केन्द्रीय सरकारमा सहभागी भएकाले सार्वजनिक पदमा रहेका नेताले जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा विकासको बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारलाई न्यूनीकरण गरी जनतालाई परिवर्तनको अनुभूति गराउने पार्टीका नीति तथा कार्यक्रम रहेको बताउँदै नेता राणाले आर्थिक लेनदेनका विषय मात्र भ्रष्टाचार नभएर ढिलासुस्ती, बिचौलियाको संरक्षण, अख्तियारीको दुरुपयोगलगायत कार्य पनि भ्रष्ट आचरणको रुप भएकाले त्यसतर्फ संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077