Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अल नासरका लागि रोनाल्डोको डेब्यू, उक्लियो शीर्ष स्थानमा

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् ।

साउदी प्रो लिगमा इतिफाकलाई १–० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् । खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् ।

ब्राजिलियन मिडफिल्डर टालिस्काले खेलमा निर्णायक गोल गरेका थिए । ३७ वर्षीय पोर्चुगिज खेलाडी गत महिना साउदी क्लबसँग आबद्ध भएका थिए ।

२०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७.७ करोड पाउन्ड कमाउने बताइएको छ ।

अल नासर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र एक अंकले अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077