Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सन्दीपको मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने  विरुद्धको मुद्दाको आज सुनुवाई नहुने भएको छ ।

पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा आज जिल्ला अदालतमा पेशी तोकिएको थियो।

अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो।

जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएपछि आज सुनुवाई नहुने भएको छ । वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन्।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए ।

लामिछाने गत असोज २० गते जबरजस्ती करणी अभियोगमा पक्राउ परेका थिए । उच्च अदालतको आदेशमा सन्दीप २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077