Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • फरार एमाले सांसद कोइरीसहित ६ जनाको विभूषण रद्द

    फरार एमाले सांसद कोइरीसहित ६ जनाको विभूषण रद्द

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 708
    SHARES

    काठमाडौं । सरकारले नेकपा एमालेबाट निर्वाचित फरार सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले कोइरीसहित ६ जनाको विभूषण रद्द गर्ने निर्णय गरेको हो ।

    मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या गरेको अभियोग कोइरीमाथि छ । मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्द भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।



    उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि एक लाख धरौटीमा रिहा गरेको थियो । तर,पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो ।



    उच्च अदालतको आदेशपछि भने प्रहरीले उनलाई पक्राउ पर्न सकेका छैन । सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।

    विभूषण रद्द भएका हरुमा व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ, उद्योगी पशुपति मुरारका छन् । उद्योगी मुरारकामाथि खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

    मुद्दाको किनारा नलाग्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार