Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शपथ ग्रहण गराएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

योजना आयोगमा नियुक्त भएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसकेका छन्।

श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077