Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : क्रिकेटर मेहबुब र आदिललाई काठमाडौं ल्याइँदै

    नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : क्रिकेटर मेहबुब र आदिललाई काठमाडौं ल्याइँदै

    राष्ट्रिय टोलीका सदस्य आदिल सप्तरीबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 900
    SHARES

    काठमाडौं । म्याच फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जना क्रिकेट खेलाडीलाई नियन्त्रणमा लिएको छ ।

    नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई नियन्त्रणमा लिएको हो ।



    आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ ।



    काठमाडौंमा हालै सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको छ ।

    बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    आदिललाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । यस्तै, राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी–२० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरु फेला परेपछि सीआईबीले छानबिन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार