Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

मङ्गला-१ का ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको र घाइते मङ्गला-२ का ३४ वर्षीया सन्तु केसी, १० वर्षीया शिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

मङ्गला-१ का १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला-२ का २२ वर्षीया विपना कार्की, मङ्गला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077