Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन दिनकी छोरीलाइ चारकोसे जङ्गलमा फाल्ने बाबु पक्राउ

सुनसरी । तीन दिनकी नवजात शिशु (छोरी) फाल्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् ।

शिशुलाई दुहबी नगरपालिकाकी वडा नम्बर १० का चौधरी र ३० वर्षीया उनकी श्रीमती बिन्दु चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जङ्गलमा फालेका थिए ।

प्रहरीले उनी सहित पत्नीलाई पनि पक्राउ गरेको र पछि छाडिदिएको बताइएको छ । नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

माघ ४ गते जन्मिएकी शिशुलाइ चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका९२ को चारकोसे जंगलमा लगेर फालेका थिए। जंगलमा वस्तु चराउन गएका गोठालाले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

शिशुको उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको बताइएको छ ।

नवाजात शिशु फाल्ने उनी विरुद्ध सुनसरी प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

अमितलाई पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077