Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढ्दो लागुऔषध तस्करी रोक्न गौरीफन्टा नाकामा विशेष चेकजाँच

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख नाकाका रूपमा रहेको कैलालीको गौरीफन्टा नाकामा तालिम प्राप्त दुईटा कुकुरसहितको प्रहरी टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित सीमानाकामा तैनाथ गरिएको छ।

प्रहरीले आकस्मिक रूपमा जुसुकै समयमा तस्करी हुनसक्ने सम्भावित क्षेत्रमा खटिएर सर्च र खोचतलास गर्ने गरेको छ ।

नियमित तर आकस्मिकरूपमा आज (सोमबार) गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भइरहेको कैलालीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077