Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

होटलमा छापा हानेर पक्राउ परेको २४ घण्टामै छुटे चार युवायुवती

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले होटलमा छापा हानेर नियन्त्रणमा लिएका सञ्चालकसहितका पाँच जनालाई छाडेको छ ।

धनगढीको शहीदगेट नजिकैको सिगाश होटलका सञ्चालक लोक धामीसहितका अन्य चार जनालाई छाडेको हो ।

प्रहरीले दुुई जना युवा र दुुई जना युवतीलाई शनिबार राति नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले अवैध यौनजन्य गतिविधि भइरहेको सूचनाका आधारमा होटलमा छापा हानेर उनीहरुलाई नियन्त्रणमा लिएको तर अनुसन्धानका क्रममा उक्त कुरा नखुलेपछि सोमबार छाडिएको जनाएको छ ।

तत्काल उनीहरु यौनजन्य गतिविधिमा संलग्न रहेको भन्ने पुष्टि नभएका कारण बोलाएको बेला उपस्थित हुनेगरी आफन्तको जिम्मा लगाइएको कैलाली प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077