Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता, दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताएका छन् ।

जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहको संख्यामा बृद्धी भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गरेका हुन् ।

यसले देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाले बताए ।

प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताए ।

१२ करोड ५० लाख बढी जनसंख्या रहेको जापानमा गत बर्ष ८ लाखभन्दा कम नयाँ जन्म मात्रै दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077