Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाको टोलफ्री नम्बर बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरको एउटा नम्बर बन्द भएको छ।

जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ हाल बन्द भएको सूचना प्रविधि विभागका स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार हाल यस नम्बरको ब्यालेन्स सकिएको कारण बन्द भएको हो।

महानगरका दुई वटा टोलफ्री नम्बर छन्। एउटा पुरानै ११८० नम्बर हो भने अर्को १६६००१०५५११ हो। नयाँ टोल फ्री नम्बरमा पैसा सकिएको कारण अहिले पुरानोमा सम्पर्क गर्न सकिनेछ।

अहिले कल सेन्टरको नयाँ नम्बरमा फोन गर्दा ‘माफ गर्नुहोला अहिले यो सुविधा उपलब्ध छैन’ भनेको सुनिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077