Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुन कीर्तिमानी मूल्यमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुन २५ फागुन २०७८ मा प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077