Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय रुपैयाँसहित एक जना इटालियन नागरिक पक्राउ परेका छन् ।

२ लाख १४ हजार भारतीय रुपैयाँ सहित इटालियन नागरिक रोबर्ट मिगानी पक्राउ परेका हुन् ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ बाट दिल्ली जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077