Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु, भिनाजुविरुद्ध बलात्कारको मुद्दा

धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु छोरा जन्माएको घटना सार्वजनिक भएको हो ।

ती बालिकाले माघ ४ गते घरमै शिशु छोरा जन्माएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले उनीहरूको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ताविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार गुप्ता ती बालिकाको भिनाजु नाता पर्ने व्यक्तिसमेत गरेको प्रहरीले जनाएको छ ।

अहिले बलात्कारआरोपी गुप्ताको भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि बालिकाको उमेरका कारण भारतीय नागरिक गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077