Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सभामुखलाई कांग्रेस बरिष्ठ नेता पौडेलले भने - जिम्मेवारी चुनौतीपूर्ण छ, सन्तुलन मिलाउनुहोला

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख पद चुनौतीपूर्ण रहेको बताएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले सभामुख पद गम्भीर र चुनौतीपूर्ण रहेको बताए।

सांसद पौडेलले भने, 'सभामुखको जिम्मेवारी चुनौतीपूर्ण छ। पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा निक्कै कठिन छ। कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई सभामुखले कौशलता देखाएर सम्बोधन गर्न जरुरी छ।'

उनले पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजान कठिन हुने भन्दै त्यसलाई मिलाएर काम गर्न सुझाव दिए। बेला बेला अतिरञ्जित कुरा आएने बताउँदै उनले त्यसलाई सभामुखले आफ्नो कौशल देखाएर सम्बोधन गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077