Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भूकम्पमा परी बाजुरामा एक जनाको मृत्यु

काठमाडौं । भूकम्पमा परी बाजुरामा एक जनाको मृत्यु भएको छ ।

बाजुराको गौमुल गाउँपालिकामा घर भत्किँदा अन्दाजी ३०–३५ वर्षकी जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही पालिका १ अम्लिसमा भूकम्पकै कारणमाथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा मरेको र एक जना घाइते भएको स्थानीयले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो पौने ३ बजे बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077