Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा विवाद भएपछि कुवेतमा मन्त्रिपरिषद्को राजीनामा

कुवेत सिटी । विपक्षी नेतृत्वसँग संसदमा विवाद भएपछि कुवेतमा सरकार ढलेको छ । संसदमा विवाद उत्पन्न भएपछि कुवेतको मन्त्रिपरिषद्ले राजीनामा दिएको हो ।

प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेश गरेको सरकारी समाचार संस्था कुनाले जनाएको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।

सरकार गठन भएकाे चार महिनामै कुवेतमा सरकार ढलेकाे हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077