Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशका तीनजना नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।

उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

उनीहरुको नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ । यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077