Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुनको मूल्यमा झिनो गिरावट, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । साताको तेस्रो दिन तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य बुधबार थोरै घटेको छ।

बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077