Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशका नवनियुक्त मन्त्रीको शपथ २ बजे गराउने तयारी

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुने भएको छ ।

सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ ।

एमालेबाट मकवानपुरका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री हुने भएका छन् । त्यस्तै, काठमाडौँको केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री हुने भएका छन् ।

माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियो आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077