Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साढे ८ लाख बढीको चरेससहित होटलबाट एक जना पक्राउ

    साढे ८ लाख बढीको चरेससहित होटलबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 570
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ठूलो परिमाणको लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

    एनसीबीले ३४ किलो ५०० ग्राम चरेससहित धादिङको गजुरी गाउँपालिका-८, सानोबांगेका ३२ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको हो।



    चरेसको खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले निरन्तर निगरानी गर्दै जाने क्रममा बुधबार तामाङलाई पक्राउ गरेको हो।



    बिहानको राति ३ बजे धादिङको गल्छी गाउँपालिका-७ स्थित एक होटलबाट लागुऔषध चरेस बिक्री वितरण गर्न डिल गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

    अनुसन्धानको क्रममा उनले चरेस बिक्री वितरणका गजुरी गाउँपालिका-६ को जंगलमा लुकाइ राखेको अवस्थामा ३४ किलो ५०० ग्राम चरेस बरामद भएको हो।
    एनसीबीका अनुसार बरामद चरेशको बजार मूल्य ८ लाख ६२ हजार ५ सय रहेको छ ।

    पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा बुझाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार