Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज (भिडिओ)

कठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ ।

बुधबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत युटुयुब मा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको छ ।

गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । गीतमा चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल अभिनित छन् ।

डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।

चलचित्रमा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ।

https://youtu.be/5kPCVpN-VDc

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077