Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज (भिडिओ)

    चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज (भिडिओ)

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 504
    SHARES

    कठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ ।

    बुधबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत युटुयुब मा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको छ ।



    गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । गीतमा चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल अभिनित छन् ।



    डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।

    चलचित्रमा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार