Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

आगलागी र वन मुद्दाका फरार अभियुक्त पक्राउ

धनगढी । कैलाली प्रहरीले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले आगलागी मुद्दाका वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो ।

उनीहरु लुकिछिपी बसिरहेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२०६९ चैत १३ गते फैसला भएपछि चौधरी फरार भएका थिए । यसैगरी, वन मुद्दामा कठरियालाई २०७४ जेठ २९ गते अदालतले छ महिना कैद सजाय सुनाएको थियो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएकोे प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077