Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ ।

सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले यस्तो माग गरेको हो ।

बैठकले अदालतमा पाँचजना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए ।

बारले कामु प्रधानन्यायाधीश कार्कीलाई पत्र पठाई यथाशीघ्र रिक्त न्यायाधीशको पद पूर्ति गर्न माग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077