Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फिलिपिन्स वायुसेनाको विमान दुर्घटना

एजेन्सी ।प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको विमान बुधबार बिहान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ।

राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको हो ।

वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्।

यसैबीच एउटा विमान हराइरहेको छ। इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077