Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै महँगो, एक लाख ६९ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ ।

बुधबारको तुलनामा आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत मंगलबार कायम भएको १ लाख ६ हजार ३ सयको उच्च मुल्यको रेकर्ड तोड्दै सुनको मुल्यले बिहीबार पुनः नयाँ रेकर्ड राखेको हो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार १५ रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077