Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चलचित्र ‘गुलावी’का लागि ट्रान्सजेन्डर महिला बने नाजिर

    चलचित्र ‘गुलावी’का लागि ट्रान्सजेन्डर महिला बने नाजिर

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 543
    SHARES

    काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

    महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार यस चलचित्रमा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ ।



    नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यसचलचित्रका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन् ।



    प्रदर्शनी मिति सार्वजनिक नगरिएको यस चलचित्रमा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको अभिनय पनि रहेको छ ।

    फिल्ममा एक ट्रान्स महिलाको बाल्यकालदेखि युवावस्थासम्मको यात्रा देखाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार