Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मनिट्रान्सफरको रकम लिएर भागेका तीन जना पक्राउ

वीरगन्ज । मनिट्रान्सफरको रकम लिएर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का २२ वर्षीय आकाश साह,२२ वर्षीय,संजय साह र २१ वर्षीय महम्मद सकिर मियाँ रहेका छन् ।

प्रहरीका अनुसार वीरगन्ज १० स्थित दुर्गे मनि ट्रान्सफर प्रालिका सञ्चालक विजय साह सर्राफले मङगलबार ४ लाख १४ हजार ८ सय रुपैयाँ कृषि विकास बैंकमा जम्मा गराउन पठाएका तीन युवक रकम जम्मा नगरी फरार भएका थिए ।

सञ्‍चालक सर्राफले यसबारे प्रहरीमा उजुरी दिएपछि पर्सा प्रहरीको टोलीले तीनै जना युवकलाई वीरगन्ज १० बाटै पक्राउ गरेको हो । उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077