Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सन्दीप लामिछानेको विषयमा हामी संवेदनशील छौं : चतुरबहादुर चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेको विषयमा आफूहरु संवेदनशील भएको बताएका छन्।

क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सो कुरा बताएका हुन्।

चन्दलेभने, ‘ सन्दीपको विषयमा हामी संवेदनशील छौं। सन्दीप नेपालको लागि चाहिने खेलाडी हो । तर नेपालको कानूनले अनुमति दिन्छ भने अगाडि बढ्नु भनेको छ। त्यो विषयमा हामी छलफल गरिरहेका छौं।’

चन्दले निलम्बनमा परेका क्रिकेटर लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताए ।

लामिछाने नेपालका लागि चाहिने खेलाडी भएको भन्दै सन्दीपको विषयमा आफूहरु छलफल गरिरहेको बताए।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077