Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थलमा मुख्यमन्त्रीसँग भीम रावलको जम्काभेट, भने- विश्वासको मत कहिले ?

धनगढी । नेकपा एमालेका नेता डा.भीम रावल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको जम्काभेट भएको छ।

बिहीबार कैलालीको धनगढी विमानस्थलको भीआईपी कक्षमा रावलद्धयबीच जम्काभेट भएको हो।

एमाले सुदूरपश्चिमका सहइन्चार्ज समेत रहेका मुख्यमन्त्री रावल संघीय राजधानी काठमाडौंबाट धनगढी फर्किदै थिए। एमाले पूर्वउपाध्यक्ष रावल काठमाडौंतर्फ गइरहेका थिए।

भेटमा नेता रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञाशा राखेका छन्। भेटमा रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत कहिले लिदैहुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए।

त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री रावलले गठबन्धनमा आबद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिने बताए । नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस छ।

त्यसकै कारण ११ माघमा तोकिएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077