Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापाननजिकै जहाज डुबेर ६ चिनियाँ नागरिकसहित ८ जनाको मृत्यु

एजेन्सी । जापानको तटमा एउटा जहाज डुबेर ६ चिनियाँ नागरिकसहित ८ जनाको मृत्यु भएको छ ।

जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो।

जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाजहरू र विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेको र १३ जना चालकदलका सदस्यहरुलाई पानीबाट बाहिर निकालिएको थियो ।

फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये ६ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेको चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077