Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

काठमाडौं । निगम श्रेष्ठ निर्देशित फिल्म ‘छड्के २’को ट्रेलर सार्वजनिक भएको छ।

फिल्ममा दुई समूहबीचको द्वन्द्व मुख्य कथा रहेको अनुमान ट्रेलरमार्फत् गर्न सकिन्छ। फिल्ममा अनमोल एउटा समूहको नाइके देखिन्छन्।

खलनायक अवतारमा देखिएका उनले एउटा समूहका केटाको हात तरबारले काटेको दृश्य ट्रेलरमा छ। ट्रेलर १ मिनेट ४६ सेकेण्डको छ।

फागुन १९ गते रिलिज हुने चलचित्रमा रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् ।

अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ ।

https://youtu.be/PpufVsZA8vo

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077